१० असार २०८३, बुधबार

आंशिक प्राध्यापकलाई करार गर्ने प्रक्रिया तत्काल बदर गर्न आयोगको निर्देशन

कात्तिक २३, २०७९
आंशिक प्राध्यापकलाई करार गर्ने प्रक्रिया तत्काल बदर गर्न आयोगको निर्देशन

निर्वाचन आयोगले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको सानोठिमी क्याम्पसमा निर्वाचन आचारसंहिता लागु भइसकेपश्चात विज्ञापन खोली आंशिक प्राध्यापकलाई करार गर्ने प्रक्रिया गरिएको पाइएको  भन्दै त्यसलाई तत्काल बदर गर्न निर्देशन दिएको छ ।

 आयागले विश्वविद्यालयको रजिष्ट्रारको कार्यालय र उक्त क्याम्पसलाई करार गर्ने प्रक्रिया तत्काल बन्द र बदर गर्न निर्देशन दिएको हो । आयोगले उक्त क्याम्पस प्रमुखलाई सो विषयमा स्पष्टीकरण पनि सोधेको छ ।

क्याम्पस प्रमुखलाई २४ घण्टाभित्र आयोगमा स्वयं उपस्थित भइ स्पष्टीकरण पेश निर्देशन दिइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्