१९ असार २०८३, शुक्रबार

गणेशमानको १०८औँ जन्मजयन्ती, सिंहको आदर्श र सिद्धान्त सदा स्मरणीय

कात्तिक २४, २०७९
गणेशमानको १०८औँ जन्मजयन्ती, सिंहको आदर्श र सिद्धान्त सदा स्मरणीय

नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व. गणेशमान सिंहको योगदान अतुलनीय रहेको कांग्रेसले नेताहरूले बताएका छन् । 

नेपाली कांग्रेसका संस्थापक नेता तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर स्व। गणेशमानको १०८औँ जन्मजयन्तीका अवसरमा गणेशमान अध्ययन एवं स्मारक पार्क संरक्षण समितिले बिहीबार दमैलीमा आयोजना गरेको कार्यक्रममा वक्ताहरुले स्व गणेशमानको योगदानलाई सधैँ सम्मान गर्नुपर्ने बताए ।      

नेपाली कांग्रेसका नेता एवं संविधानसभा सदस्य रामचन्द्र पोखरेलले सिंहको योगदानलाई कसैले पनि भुल्न नमिल्ने उल्लेख गर्दै गणेशमानले देखाएको बाटो अवलम्बन गर्नुपर्नेमा जोड दिए । नेपाली कांग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेलले एकदलीय शासन व्यवस्थामा विश्वास गर्ने पार्टीलाई बहुदलीय प्रजातन्त्रमा ल्याउन गणेशमानको महत्वपूर्ण भूमिका रहेको चर्चा गरे ।      

समितिका कार्यबाहक सभापति रामचन्द्र बस्नेत, सचिव समुद्र गोदारलगायतले गणेशमान सिंहको योगदानको चर्चा गरेका थिए । सोही अवसरमा व्यास नगरपालिका–२ मा रहेको गणेशमानको अर्धकदको शालिकामा पुष्प अर्पण गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्