
मोरङ क्षेत्र नम्बर–३ (१)मा कांग्रेसका मानबहादुर लिम्बुले उम्मेदवारी दर्ता गरेका छन् ।
त्यस क्षेत्रको उम्मेदवार शेखरचन्द्र थापाको बुधबार निधन भएपछि लिम्बूले टिकट पाएका थिए । प्रदेश–१ को वन, वातावरण तथा भू–संरक्षण मन्त्रीसमेत रहेका थापाको कोरोना र निमोनियाका कारण उपचारको क्रममा निधन भएको थियो ।
उनी गठबन्धनकोतर्फबाट मोरङ क्षेत्र नम्बर–३ (१) मा उम्मेदवार थिए ।
बिहीबार मनोनयन दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयमा पुगेका लिम्बुलाई कांग्रेसकै कार्यकर्ताले अबरोध गर्दै नारावाजी गरेका थिए ।
अबरोधकाबीच उनलाई प्रहरीले निर्वाचन अधिकृतको कार्यालयमा पुर्याएको थियो ।
कांग्रेसमा लिम्बु सस्थापन इतर खेमाका हुन भने थापा संस्थापन पक्षका थिए । मृतक थापाकी श्रीमतीले टिकट पाउनुपर्ने भन्दै संस्थापन खेमाका कांग्रेस कार्यकर्ताले लिम्बुविरूद्ध नाराबाजी गरेका थिए ।