
भारतको कर्नाटकमा नोभेम्बर ६ मा आयोजित शिक्षक योग्यता परीक्षाको लागि एक उम्मेदवारको हल टिकटमा बलिउड अभिनेत्री सन्नी लियोनीको तस्वीर छापिएको थियो।
प्रवेशपत्रको स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भएको छ ।
त्यसपछि शिक्षा विभागले घटनाको छानबिन गर्न आदेश दिएको बताइएको छ ।
रुद्रप्पा कलेजमा एक उम्मेदवारले अभिनेत्रीको तस्वीर भएको प्रवेश पत्र देखाएपछि कलेजका प्रिन्सिपलले प्रहरीमा उजुरी दिएका थिए ।
प्रहरीका अनुसार अनलाइनबाट परीक्षाको आवेदन भर्ने क्रममा फोटो अपलोड गर्दा यस्तो त्रुटि भएको हुनुपर्छ ।
उम्मेदवारले आफूले अनलाइन आवेदन न भरेको तर अन्य व्यक्तिलाई आफ्नो लागि भर्न आग्रह गरेको बताएको भारतीय सञ्चारमाध्यममा खबर छ ।
उम्मेदवारले अनलाइन आवेदन दिनुपर्ने, जसका लागि ‘युजर आईडी र पासवर्ड’ उम्मेदवारसँग मात्रै हुने र यसमा अरू कसैले छेडछाड गर्न नपाउने शिक्षा विभागले जनाएको छ ।