२६ असार २०८३, शुक्रबार

सुर्खेतमा मदिरा बिक्री वितरणमा रोक

कात्तिक २५, २०७९
सुर्खेतमा मदिरा बिक्री वितरणमा रोक

जिल्ला प्रशासन कार्यालय सुर्खेतले मंसिर ४ गतेको आम निर्वाचनलाई मध्यनजर गर्दै मदिराजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको छ । प्रशासनले आज सूचना जारी गर्दै निर्वाचन सम्पन्न नभएसम्मका लागि मदिरा बिक्री वितरण तथा सेवन कार्यलाई पूर्ण रोक लगाउने जनाएको हो ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र शान्तिपूर्ण तवरबाट सम्पन्न गर्न मदिराजन्य पदार्थको बिक्री वितरणलाई कडाइ गरिएको बताए । उनले भने, “निर्वाचनलाई शान्तिपूर्ण तवरले सम्पन्न गर्ने सन्दर्भमा राजनीतिक दल, उद्योगी व्यवसायी लगायत सरोकारवालासंगको छलफलपछि यस्तो निर्णय गरिएको हो ।” 

प्रशासनले निर्वाचन मत परिणाम घोषणा नभएसम्म जिल्लामा मेला, पर्व, जात्रा, महोत्सव, खेलकूद र अन्य मनोरञ्जनसम्बन्धी क्रियाकलापहरु सञ्चालन नगर्न अपिल गरेको छ । साथै प्रशासनले मतदानको अघिल्लो दिन अर्थात मंसिर ३ गतेदेखि ग्यास सिलिण्डर, पाइप, सकेट, प्रेसर कुकुरजस्ता विष्फोटनमा प्रयोग हुन सक्ने सामग्रीहरुको ओसारप्रसार तथा बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्