
दार्चुलामा एमाले र माओवादी कार्यकर्ताबीच झडप हुँदा माओवादी केन्द्रका एक कार्यकर्ता गम्भिर घाइते भएका छन् ।
चुनावी अभियानमा रहेको बेला माओवादी केन्द्रका कार्यकर्ता जयभान सिंह धामीलाई नेकपा (एमाले) का कार्यकर्ताले रड प्रहार माओवादी केन्द्रले दावी गरेको छ ।
धामी गम्भिर घाइते भएका छन् ।
टाउकोमा चोट लागि गम्भीर घाइते भएका धामीलाई जिल्ला अस्पताल दार्चुलाले धनगढी रिफर गरेको माओवादी केन्द्रका नेता तारादत्त भट्टले बताए ।