२८ जेठ २०८३, बिहीबार

करोडपति बनेपछि प्रेमिकालाई धोका ! महिलाले भनिन् – मलाई विश्वास नै भइरहेको छैन

कात्तिक २८, २०७९
करोडपति बनेपछि प्रेमिकालाई धोका ! महिलाले भनिन् – मलाई विश्वास नै भइरहेको छैन

ठीकठाक प्रेम सम्बन्धमा रहेका एक जोडीलाई चिठ्ठाको उपहारले अलग गरिदिएको छ ।

जर्मनीका ४२ वर्षीय कुर्सत इलडिरिमलाई हालै चिठ्ठामा करोडौं उपहार परेपछि उनले प्रेमिकालाई छाडेका डेली स्टारमा प्रकाशित रिपोर्टमा उल्लेख छ ।

कुर्सतले चिठ्ठामा ८५ करोड रुपैयाँ उपहार जितेका छन् । करोडौं उपहार जितेपछि उनले नयाँ कार किनेका छन् तर पुरानी प्रेमिकालाई छाडिदिएका छन् ।

५० वर्षीया प्रेमिकाले भनिन्, ‘मलाई विश्वास नै भइरहेको छैन, उ उपहार मिलेपछि यति बदलिएला । उ मलाई डार्लिङ भन्थ्यो र सधैं सँगै हुने कसम खान्थ्यो । हामी गहिरो सम्बन्धमा थियौं । उपहार जितेपछि उसले भन्यो – अब म धनी बनिसकें, तिम्रो लागि जे पनि किन्न सक्छु । तर उपहार हात लागेपछि उसले फोन गरेर भन्यो – म तिमीलाई कहिल्यै पनि प्रेम गर्दैन्थे ।’

salt training

कमेन्ट गर्नुहोस्