३१ जेठ २०८३, आइतबार

राप्रपा फुटाउन पूर्व राजा र भारतको हात छैन : राणा

कात्तिक २०, २०७४
राप्रपा फुटाउन पूर्व राजा र भारतको हात छैन : राणा
काठमाडौं, साउन २४– राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणाले पार्टी विभाजनमा पूर्व राजा, प्रधानमन्त्री शेरबहादुर देउवादेखि भारतसम्मको भूमिका देख्नु राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको बर्बराहट भनेका छन् ।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै राप्रपा प्रजातान्त्रिक गठनमा कुनैपनि बाह्य शक्तिको भूमिका नभएको बताए । आफ्नो भारतमा नातासम्बन्ध रहेको आधारमै भारतले नयाँ पार्टी खोल्न भूमिका खेलेको भन्नुको कुनै तुक नरहेको बताए ।

‘पशुपति शमशेर राणासँग पार्टी गठन गर्ने सामथ्र्य छ । नेपाली राजनीतिमा प्रभावशाली रहँदै आएका साथीहरूको साथ छ कसैको सहयोग चाहिदैन र बहकाउमा बहकिदैन,’राणाले भने,‘कमल थापाले पार्टीका होनहार साथीहरूले महत्वपूर्ण निर्णय लिएपछि रन्थनिएर आरोप लगाइरहनुभएको छ ।’ मुलुकको आवश्यकता र पार्टीका जिम्मेवार कार्यकर्ताको भावना अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक गठन भएको बताए ।

नवगठित पार्टी सरकारमा जाने र त्यसबारे निर्वाचन आयोग र संसदमा पूरा गर्नुपर्ने प्रक्रियापछि आधिकारिक निर्णय लिइने उनको भनाई थियो । पार्टीले सरकारको समर्थन गरिसकेको बताए ।

साक्षात्कारमा बोलदै संविधान संशोधनको पक्षमा जाने संकेत समेत गरे । यसबारे उचित समयमा निर्णय लिने उनको भनाई थियो । आफू संविधान संशोधनको पक्षमा रहेको स्पष्ट पार्दै त्यसबारे आफ्ना केही धारणा रहेको समेत बताए ।

कमल थापाले एकलौटी र मनोमानी ढंगले पार्टी चलाउन खोजेकाले आफू कठोर निर्णय लिन वाध्य भएको बताए । उनले भने,‘पार्टी ध्वस्त हुनबाट बचाउनका लागि कठोर निर्णय लिएर बेग्लै बाटो जानुप¥यो ।’ पार्टी एकीकरण अगाडि भएका सम्झौता पालना नभएको उनले बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था र हिन्दु अधिराज्यको पक्षमा निर्णय लिने संकेत समेत गरे । उनले भने,‘ राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक मुलुकको धर्म, परम्परा र संस्कृतिलाई मान्ने पार्टी हो । मुलुकको गौरवमय इतिहास, समृद्ध संस्कृतिमा हामी अभिमान लिन्छौं ।

शाह वंशको स्थापनाकाल र पृथ्वीनारायाण शाहले एकीकरणका लागि गरेको योगदानको उच्च सम्मान गर्न चाहन्छौं ।’ मुलुकको परम्परा र धर्मको रक्षाप्रति आफूहरूमा जिम्मेवारीबोध भएको समेत बताए । राजंसंस्था र हिन्दु अधिराज्यबारेको निर्णय औपचारिक बैठक बसेर लिइने बताए । हिन्दु अधिराज्यको मुद्या लिएर दक्षिणले समेत पत्याएको हो भनी गरिएको प्रश्नमा उनले भने,‘त्यसो हुन्थ्यो भने कमल थापाले ठूलो समथृन पाउनुपथ्र्यो ।’

salt training

कमेन्ट गर्नुहोस्