२८ जेठ २०८३, बिहीबार

चुनावका लागि ३ दिन स्कूल विदा गर्न सिफारिस

कात्तिक २८, २०७९
चुनावका लागि ३ दिन स्कूल विदा गर्न सिफारिस

आसन्न प्रतिनिधि सभा तथा प्रदेशसभा चुनावको बेला ३ दिन विद्यालयमा विदा दिन निर्वाचन आयोगले सिफारिस गरेको छ । 

निर्वाचन केन्द्र रहेका विद्यालय मतदान स्थलकोरूपमा प्रयोग गर्नुपर्ने भएकाले मंसिर २ देखि ४ गतेसम्म देशभरका सबै विद्यालयमा विदा दिनुपर्ने आयोगको सिफारिसमा उल्लेख छ । 

आयोगले विदाको निर्णय गर्न मुख्य सचिवमार्फत नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । 

त्यसैगरी, निर्वाचनको दिन मंसिर ४ मा देशभर सार्वजनिक विदा दिन पनि आयोगले सिफारिस गरेको छ ।

मन्त्रिपरिषदको निर्णय गरेपछि मात्रै विदाको निर्णय कार्यान्वयन हुन्छ । 

salt training

कमेन्ट गर्नुहोस्