
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भारत मोतिहारी पताही थाना देवापुर-९ लसनिया घर भई काठमाडौं महानगरपालिका-१२ भोटेवहाल बस्ने २० वर्षीय रेहान शेखलाई प्रहरीले पक्राउ गरेको हो ।
ती बालिकालाई ललितपुर जावलाखेलस्थित नमस्ते सुविधा गेष्ट हाउसको अगाडि रोइरहेको अवस्थामा गस्तीमा रहेको प्रहरीले फेला पारी सोधपुछ गर्ने क्रममा शेखले बालिकालाई ललाई फकाई गरी भारत घरमा लैजान्छु भन्दै प्रलोभनमा पारी उक्त सोही गेष्ट हाउसमा जबरजस्ती करणी गरेको खुल्न आएपश्चात उनलाई सोही गेष्ट हाउसबाट प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।