३० जेठ २०८३, शनिबार

पत्रकार सुत्केरी हुँदा २५ हजार शल्यक्रिया खर्च सहयोग दिने निर्णय

कात्तिक २९, २०७९
पत्रकार सुत्केरी हुँदा २५ हजार शल्यक्रिया खर्च सहयोग दिने निर्णय

नेपाल पत्रकार महासंघ झापा शाखाले पत्रकार महिलालाई सुत्केरी हुँदा २५ हजार रुपैयाँ शल्यक्रिया खर्च उपलब्ध गराउने भएको छ ।

महासंघको हालै सम्पन्न साधारण सभाले सुत्केरी, बिरामी र मृत्यु संस्कारमा सहयोग दिने निर्णय गरेको शाखाका अध्यक्ष एकराज गिरीले बताए । उनका अनुसार महिला पत्रकार सुत्केरी हुँदा शल्यक्रिया गर्नुपरेमा २५ हजार रुपैयाँ दिने निर्णय गरेको छ भने महासंघका सदस्य बिरामी तथा घाइते हुँदा ३० हजार रुपैयाँ उपचार सहयोग दिइने भएको छ ।

पत्रकारको मृत्यु हुँदा आश्रित परिवारलाई ५० हजार रुपैयाँ उपलब्ध गराइने समेत उनले जानकारी दिए । नेपाल पत्रकार महासंघ झापाले पत्रकारको सामाजिक सुरक्षाका लागि १ करोड रुपैयाँको पत्रकार उपचार कोष स्थापना गरेको छ । कोषमा दाताबाट सहयोग उठाएर हाल ६४ लाख रुपैयाँ जम्मा भइसकेको छ ।

कोषको व्याजबाट पत्रकार बिरामी तथा घाइते भएको अवस्थामा उपचार खर्च यसअघिदेखि नै उपलब्ध गराउन थालिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्