१० साउन २०८३, आइतबार

इलाम समृद्ध बन्दैछ : सुवास नेम्वाङ

कात्तिक ३०, २०७९
इलाम समृद्ध बन्दैछ : सुवास नेम्वाङ

नेकपा (एमाले)का उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङले इलामको विकट क्षेत्र विकसित बन्दै गएको बताएका छन् । इलाम क्षेत्र नं २ बाट उम्मेद्वार रहेका नेम्वाङले फाकफोकथुममा आज आयोजित चुनावीसभामा भने, “यो क्षेत्र इलामको कर्णाली भनेर चिनिने विकट क्षेत्र थियो तर अहिले धेरै विकास निर्माणका काम भएका छन् ।” 

एमालेको नेतृत्वमा सडकदेखि पुलसम्मका सयौँ आयोजना सम्पन्न भएपछि इलाम क्षेत्र नं २ समृद्धिको बाटोमा अघि बढेको उनको भनाइ छ । “कुनै बेला यो ठाउँमा एक लाइन टेलिफोन सेवा थिएन । म निर्वाचित भएयता थुप्रै काम भएका छन्”, उनले भने, “अब यहाँ कसैले कल्पना गर्न नसक्ने विकास हुनेछ । त्यसको जिम्मा म लिन्छु ।”

नेम्वाङ यसअघि २०५६, २०६४, २०७०, २०७४ का सबै संसदीय निर्वाचनमा निर्वाचित भएका थिए । “अब यस क्षेत्रका नागरिकले भरपर्दो उपचार पाउने अस्पताल निर्माणमा हामी लाग्छौँ,” नेम्वाङले भने, “चुनावपछि एमालेको नेतृत्वमा सरकार बन्छ । तत्काल यो क्षेत्रमा सुविधा सम्पन्न अस्पताल निर्माणको थालनी गर्छौँ ।”

यसअघिका निर्वाचनमा सहज जित हासिल गर्दै आएका नेम्वाङसँग यो पटक वाम–लोकतान्त्रिक गठबन्धन चुनौती बनेको छ । नेपाली कांग्रेसका जिल्ला सभापति डम्बर खड्का नेम्वाङका मुख्य प्रत्याशी उम्मेदवार छन् । 

salt training

कमेन्ट गर्नुहोस्