२७ जेठ २०८३, बुधबार

लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार जिताउन प्रचण्डको आग्रह

लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार जिताउन प्रचण्डको आग्रह

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्सिर ४ गतेको निर्वाचनमा लोकतान्त्रिक–वाम गठबन्धनबाट सुनसरी क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य उम्मेदार मुक्सामहाङ मेन्याङ्बोलाई जिताएर पठाए मन्त्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

धरानको भानुचोकमा गठबन्धनले आज आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै दाहालले माओवादी केन्द्रबाट उम्मेदवार बनेका मुक्सामहाङ मेन्याङ्बो युवा र केही गरौँ भन्ने हुटहुटी भएको उम्मेदारका रुपमा रहेको दाबी गरे ।

उनले प्रदेशसभा १ (१) का उम्मेदवार कांग्रेसका उमेश थापा पनि मन्त्री हुनयोग्य भएको भन्दै आफ्नो पार्टीको नभए पनि उनलाई पनि प्रदेशको मन्त्री बनाउन सिफारिस गर्ने जानकारी दिए । 

उनले प्रदेशसभा १ (२) मा उम्मेदवार रहनुभएका रेवतीरमण राईलाई जिताएर पठाउन आग्रह गरे । 

दाहालले मङ्सिर ४ को निर्वाचन अगाडि जाने विचार, प्रवृत्तिको गठबन्धनले जित्ने कि पछाडि फर्कने विचारधारा र प्रवृत्तिको गठबन्धनले जित्ने भन्ने जनमत सङ्ग्रह भएको बताए ।

विचार पुर्‍याएर लोकतान्त्रिक वाम–गठबन्धनलाई मत दिन आग्रह गरे। 

उनले चुनावीसभालाई सम्बोधन गर्दै धरानका भूपूहरुको समस्या समाधान गर्ने, प्रमुखलाई पानीका लागि बजेट र योजना दिने केन्द्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाए । 

धरानको खानेपानी समस्या देशभरि नै जानकारी भएको भन्दै प्रमुख हर्क साम्पाङ पानीकै समस्या समाधान गर्छु भनेर प्रमुख बनेको भन्दै उनलाई धन्यवाद दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्