काठमाडौं, २६ साउन– राष्ट्रपति विद्या देवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आज भेटवार्ता गर्दैछिन् ।

विमिस्टेकको कार्यक्रममा सहभागी हुन नेपाल आएकी स्वराजले आजै अपराह्न राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवालाई छुट्टाछुट्टै भेट्न लागेकी हुन् ।
स्वराजले आजै राष्ट्रिय जनता पार्टीका नेताहरुलाई पनि भेट्ने कार्यक्रम छ । सोल्टी होटलमा राति ९ बजे हुन लागेको छलफलमा नेपालको पछिल्लो राजनीतिक अवस्था, संविधान संशोधन लागायतका विषयमा छलफल हुने छ ।
राजपाका अध्यक्षमण्डलका नेताहरुले मन्त्री स्वराजलाई भेटेर संविधान संशोधन लगायतका विषयमा प्रधानमन्त्री देउवालाई सुझाव दिन स्वराजलार्इ आग्रह गर्न लागेका हुन् । राजपाले संविधान संशोधन नगरि चुनावमा सहभागी नहुने निर्णय गरिसकेको छ ।