
२७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ३६ वर्षीय सुरेन्द्र प्रधानलाई बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रधानले २०७८ चैत ३० गतेदेखि विभिन्न स्थानमा र अन्तिमपटक गत कात्तिक १० गते मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरस्थित पीडितकै कोठामा जबरजस्ती करणी गरी फरार भएको उजुरीको आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले काठमाडौंको डिल्लीबजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।