२६ जेठ २०८३, मंगलबार

गोरखाको उत्तरी क्षेत्रका मतपेटिका हेलिकप्टरबाट ल्याइँदै

गोरखाको उत्तरी क्षेत्रका मतपेटिका हेलिकप्टरबाट ल्याइँदै
प्रतिकात्मक तस्वीर

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत गोरखाको उत्तरी क्षेत्रका मतपेटिका संकलन जारी रहेको छ ।

जिल्लाका चुमनुब्री गाउँपालिकामा रहेका मतदान केन्द्रका मतपेटिका ल्याउन हेलिकप्टर पठाउने तयारी गरिएको छ ।

उत्तरी भेकको मतपेटिका हेलिकप्टरमार्फत सदरमुकाम ल्याउन मुख्य निर्वाचन अधिृकत कार्यालयले आयोगमा सिफारिस गरेको छ ।

सोमवार बेलुकासम्म मतदेपटिका ल्याइने तयारी छ । १ नम्बर क्षेत्र अन्तर्गतका भीमसेनथापा, सहिदलखन र आरुघाट गाउँपालिकाको मतपेटिका आइतवार राति नै सदरमुकाम ल्याइसकिएको छ । 

१ नम्बर क्षेत्रका मतपेटिका सदरमुकामस्थित जिल्ला समन्वय समितिको हलमा राखिएको छ । २ नम्बर क्षेत्रको मतपेटिका संकलन भइसकेको छ । २ नम्बर क्षेत्रको लक्ष्मी बजारस्थित निर्वाचन अधिकृतको कार्यालयमा मतगणना हुने सो क्षेत्रका सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्