१९ असार २०८३, शुक्रबार

ललितपुर क्षेत्र नं-१ मा एमालेका सिलवालको अग्रता कायमै

ललितपुर क्षेत्र नं-१ मा एमालेका सिलवालको अग्रता कायमै

ललितपुर निर्वाचन क्षेत्र नं १ को मतगणना जारी छ । 

बज्रबाराहीस्थित गोदावरी नगरपालिकाको कार्यालय भवनमा दुई स्थानमा मतगणना भइरहेको निर्वाचन अधिकृत बालकृष्ण निरौलाले जानकारी दिए । 

गोदावरी नगरपालिका–२ अन्तर्गत विशङ्खुनारायण क्षेत्रको एक हजार २८३ मत गणना हुँदा नेकपा (एमाले)को ६६२, नेपाली कांग्रेसको ४०२, राष्ट्रिय स्वतन्त्र पार्टीको ९३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ५१ तथा अन्यमा १० र बदर मत ६५ रहेको निर्वाचन कार्यालयले जनाएको छ । मतगणनाको अन्तिम परिणाम भोलि रातिसम्म सार्वजनिक हुने बताइएको छ । 

ललितपुर १ मा जम्मा ७४ हजार ३९७ मतदाता रहेकोमा ५० हजार ७४५ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

सो क्षेत्रमा कांग्रेसका उदयशम्शेर राणा, एमालेका नवराज सिलवाल, राष्ट्रिय स्वतन्त्र पार्टीका डा सचिन घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका सञ्जिव आचार्यसहित २१ प्रतिस्पर्धीमा हुनुहुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्