२० असार २०८३, शनिबार

रसुवामा कांग्रेसका आचार्य अगाडि

रसुवामा कांग्रेसका आचार्य अगाडि

रसुवाको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस अगाडि रहेको छ ।

बिहान ५ बजेसम्मको मतपरिणाम अनुसार कूल ५ हजार ७२२ मत गणना हुँदा कांग्रेसका मोहन आचार्यले ३ हजार ३५० मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका छोवाङ तामाङले २ हजार १४० मत ल्याएका छन् । गणनाभएकामध्ये १५१ मत बदर भएका छन् ।

प्रदेशसभा (१) मा २ हजार ५७ मतगणना भएकोमा कांग्रेसका प्रभात लामाले १ हजार ३३ मत प्राप्त गरेका छन् भने एमालेका कूलप्रसाद भट्टले ९४३ मत प्राप्त गरेका छन् ।
     
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यतर्फ आइतवार भएको मतदानको गणना सोमवार रातिबाट मात्रै शुरू गरिएको थियो । जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ ३ स्वतन्त्रसहित १० उम्मेदवार प्रतिस्पर्धामा छन् । त्यहाँ ७३ प्रतिशत मत खसेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्