२८ असार २०८३, आइतबार

दुर्घटनामा परेर ‘बहकिने मन’का प्रस्तोता महाविर विश्वकर्माको निधन

दुर्घटनामा परेर ‘बहकिने मन’का प्रस्तोता महाविर विश्वकर्माको निधन

चितवन जिल्लाका चर्चित सञ्चारकर्मी महाविर विश्वकर्माको मंगलवार बिहान सवारी दुर्घटनामा परेर निधन भएको छ । 

चितवनको राप्ती नगरपालिका–४ सुन्दरबस्तीस्थित घरबाट काठमाडौं जाँदै गर्दा राप्ती नगरपालिका–६ हर्दीमा बिहान करीब ५ः३० बजे माइक्रो बस दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।

विश्वकर्मा सवार ना२ख २३८२ नम्बरको माइक्रो  बसमा च्यापिएका उनलाई झण्डै २ घण्टापछि निकालिएको थियो । सडक छेउ बिग्रेर रोकिराखेको ना२ख ८५२२ नम्बरको ट्रकमा माइक्रो ठोक्किएको थियो ।

दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् ।

पछिल्लो समय राजधानी काठमाडौं बस्दै आएका उनी निर्वाचनमा मतदान गर्न चितवन आएका उनका भाइ भुवन विश्वकर्माले जानकारी दिए । उनको शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल ल्याइँदैछ ।

उनले लामो समय चितवनको रेडियो चितवन र कालिका एफएममा काम गरेका थिए । उनले सञ्चालन गरिरहेको कार्यक्रम ‘बहकिने मन’ देशभर चर्चित छ । देशका १०० बढी एफएम रेडियोबाट उनको कार्यक्रम प्रसारण हुने गर्छ ।

उनी पत्रकार महासंघ चितवनको पूर्व सदस्य र प्रेस चौतारी चितवनको पूर्व कार्यसमिति सदस्य रहेका थिए । राष्ट्रिय दलित पत्रकार संघ चितवनले घटनाप्रति दुःख व्यक्त गरेको छ । संघका अध्यक्ष अमिर रामदामले शोक वक्तव्य जारी गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्