
झापा क्षेत्र नम्बर-३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मतान्तर बढाउँदै लगेका छन् ।
जारी मतगणनामा लिङ्देनले सात हजार ४० मत ल्याएका छन् । उनलाई नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले पाँच हजार २२६ मतसहित पछ्याइरहेका छन् ।
जिल्ला समन्वय समितिको कार्यालयमा गणना जारी छ । यहाँ ८९ हजार ६३७ मत खसेको थियो । यो क्षेत्रबाट २०७४ सालमा लिङ्देन विजय भएका थिए।