
मोरङको क्षेत्र नं. ३ मा नेपाली काँग्रेसका सुनिलकुमार शर्माले मतान्तर बढाउदै लगेका छन् ।
शर्माले पाँच हजार ६७ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले दुई हजार ४६८ मत पाएका छन् । यसैगरी राप्रपाकी उम्मेदवार रेखा थापाले १४५२ मत पाएकी छन् ।
अघिल्लो निर्वाचनमा ढकालले शर्मालाई पराजित गरी निर्वाचित भएका थिए ।