
सुर्खेत क्षेत्र नम्बर-१ (१) मा नेपाली नेपाली कांग्रेसका खड्गबहादुर पोखरेल निर्वाचित भएका छन् ।
सत्ता गठबन्धनका साझा उम्मेदवार पोखरेलले प्रतिस्पर्धी एमालेका ठम्मर विष्टलाई तीन हजार २७ मतले पछि पार्दै प्रदेशसभा सदस्य जितेका हुन ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार पोखरेलले १८ हजार २६४ मत प्राप्त गरी निर्वाचित हुँदा निकट प्रतिस्पर्धी विष्टले १५ हजार २३७ मत प्राप्त गरेका छन् ।
पोखरेल कांग्रेसका जिल्ला सभापति हुन भने विष्ट सोही क्षेत्रका निवर्तमान प्रदेशसभा सदस्य हुन् । २०७४ मा माओवादी केन्द्रबाट निर्वाचित विष्ट पछि एमाले प्रवेश गरेका थिए ।