११ साउन २०८३, सोमबार

सरकार बनाउन गाह्रो, बनाएपछि टिकाउन झन गाह्रो : केपी ओली

सरकार बनाउन गाह्रो, बनाएपछि टिकाउन झन गाह्रो : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको चुनावी नतिजाले सरकार बनाउँनै कठिन हुने बताएका छन् । 

आफू निर्वाचित भएको प्रमाणपत्र लिन झापा पुगेका ओलीले बिहीबार चुनावी नजिताबारे प्रक्रिया व्यक्त गरेका हुन् । 

प्रमाणपत्र ग्रहणपछि उनले भने, ‘अब सरकार बनाउन गाह्रो, बनाए पछि टिकाउन झन गाह्रो हुनेभयो ।’

अब दलहरुको मिलिजुली सरकार बन्नेतिर देश गएको उनले बताए । ‘मिलिजुली सरकार बनाउनेतिर देश गयो । हरेक सांसदको भाउ बढ्यो । राजनीति १/२ महिना सरकार गठनको खेलमा निरन्तर दोहोरिने भयो’, ओलीले भने । 

ओली झापा–५ बाट सर्वाधिक धेरै मत ल्याएर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्