×

NMB BANK
NIC ASIA

शिक्षकदेखि मुख्यमन्त्री हुँदै पाँचौँ पटक संघीय संसदमा पाण्डे

मंसिर ८, २०७९

NTC
Premier Steels

धादिङ निर्वाचन क्षेत्र नं १ बाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार राजेन्द्रप्रसाद पाण्डे निर्वाचित भएका छन् । झण्डै आठ हजार मतान्तरहित उनी निर्वाचित भएका हुन् । पाण्डेले ३५ हजार नौ सय ३४ मत प्राप्त गरे । निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का भूमिप्रसाद त्रिपाठीले २७ हजार नौ सय ५३ मत प्राप्त गरे ।

Muktinath Bank

विसं २०१३ जेठ २८ गते धादिङको गजुरी–८ छेपाङमा जन्मिएका पाण्डे २०३२ सालदेखि राजनीतिमा प्रवेश गरेका हुन् । उनी विद्यार्थी राजनीतिबाट उदाएका हुन् । तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलन गर्दा उनले एक वर्ष भूमिगत र चार वर्ष छ महिना बन्दी जीवन बिताएका थिए । उनले १० वर्ष आदर्श माध्यमिक विद्यालय, गजुरीमा शिक्षण गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुबा स्व नेत्रराज र आमा स्व मनमायाका जेठो छोराका रुपमा जन्मिएका पाण्डेले सीता थपलियासँग विवाह गरे । उनका तीन छोरा छन् । पाण्डेले त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकास विषयमा स्नातकोत्तर उतीर्ण गरेका छन् । 


Advertisment
Nabil box
Kumari

पाण्डे २०४८, २०५१, २०५६ र २०७० सालको संसदीय निर्वाचनमा धादिङबाट निर्वाचित भएका थिए । विसं २०६४ मा संविधान सभा सदस्यको निर्वाचनमा भने उनी पराजित भएका थिए । विसं २०५१ मा पाण्डे नेकपा (एमाले)को संसदीय दलको सचेतक, २०५३ सालमा प्रमुख सचेतक र २०६३ सालमा स्थानीय विकासमन्त्री बनेका थिए । विसं २०५० मा उनी एमालेको बागमती अञ्चल सचिव र २०५५ सालमा केन्द्रीय सदस्यमा निर्वाचित भए । 

Vianet communication

पाण्डे २०७० सालको संविधान सभा निर्वाचनमा धादिङ क्षेत्र नं ३ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । विसं २०७४ मा उनी धादिङ निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (१) बाट बागमती प्रदेश सभामा निर्वाचित भए । विसं २०७८ मा उनी बागमती प्रदेशको मुख्यमन्त्री बनेका थिए । एमालेको विभाजनसँगै उनी नेकपा (एकीकृत समाजवादी)को उपाध्यक्ष छन् ।

पाण्डको ‘चीन भ्रमण एक अनुभव अनेक’ कृति प्रकाशित छ । उनले चीन, भारत, बेलायत, फ्रान्स, स्वीटजरल्याण्ड, बेल्जियम, हल्याण्ड, लक्जम्वर्ग, इटली, अमेरिका, भेनेजुएला, ब्राजिल, दक्षिण कोरिया, जापान र अष्ट्रेलियाको भ्रमण गरेका छन् । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x