२८ जेठ २०८३, बिहीबार

ओमानको राष्ट्रिय दिवसको अवसरमा वाकाथन

ओमानको राष्ट्रिय दिवसको अवसरमा वाकाथन

ओमानको ५२ औं राष्ट्रिय दिवसको अवसरमा शुक्रवार एक वाकाथन कार्यक्रम सम्पन्न गरिएको छ । नेपाली राजदूतावास ओमान, नेपाली सोसल क्लब तथा ओमानस्थित संघसंस्थाहरुसँग मिलेर वाकाथन कार्यक्रम सम्पन्न गरिएको हो । 

 कार्यक्रममा नेपाली मौलिक पञ्चेबाजा, विभिन्न परम्परागत भेषभूषा तथा नेपालको अन्य मौलिक तथा पर्यटकीय आकर्षणहरू प्रदर्शन गरिएको थियो। यस्तै कार्यक्रममा सहभागीले ‘लङ लाइभ नेपाल–ओमन रिलेसन्स’  लेखिएको नेपाल र ओमानको झण्डा अंकित नेपाल र ओमानको झण्डा कै रंगमा बनाइएको विशेष टिसर्ट समेत लगाएका थिए।


वाकाथन नेपाली राजदूतावास ओमान नजिकबाट शुरू भएर परराष्ट्र मन्त्रालय अगाडि रहेको खुला स्थान अगाडि गएर टुंगिएको थियो। सो अवसरमा राजदूत डोरनाथ अर्यालले राष्ट्रिय दिवसको अवसरमा शुभकामना सन्देश दिँदै ओमानका महाराजा सुल्तान हाइथाम बिन तारिकको सुस्वास्थ्य एवम् दीर्घायुको कामना गर्दै ओमानी नागरिकहरूको सुख, शान्ति एवम् सम्बृद्धिको कामना गरे ।  साथै उनले कार्यक्रमा सहभागी सबैलाई धन्यवाद दिए । 

करिब ४०० जनाको सहभागिता रहेको कार्यक्रममा ओमान प्रहरीले स्कर्टिङ गरेको थियो  ।

salt training

कमेन्ट गर्नुहोस्