०७ साउन २०८३, बिहीबार

नुवाकोट–१ मा माओवादी केन्द्रका तामाङ विजयी

मंसिर १०, २०७९
नुवाकोट–१ मा माओवादी केन्द्रका तामाङ विजयी

नुवाकोटको १ नम्बर निर्वाचन क्षेत्रमा नेकपा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङ विजयी भएका छन् ।

सत्तारुढ वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारका रूपमा रहेका तामाङ २६ हजार ५४८ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बद्री मैनालीले २३ हजार ४६३ मत प्राप्त गरेका निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिए । मंसिर ४ गते भएको निर्वाचनमा खसेको ६३ हजार ३७९ मतको शनिवार बिहान सम्पन्न गणनाको अन्तिम परिणामअनुसार माओवादी केन्द्रका तामाङ ३ हजार ११२ मतान्तरले विजयी भएका हुन् ।

पूर्व मन्त्री समेत रहेका तामाङ यसअघि विक्रम संवत् २०७४ सालको निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए । निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. प्रद्युम्न महतले ६ हजार ११३ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका सुदर्शन सिटौलाले १ हजार ६११ मत प्राप्त गरे ।

चुनावी प्रतिस्पर्धामा ३ स्वतन्त्रसहित १७ उम्मेदवार भए पनि अन्य उम्मेदवारको मत १ हजारभन्दा कम रहेको निर्वाचन अधिकृत भुसालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्