माघ २१, २०७९
परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिङ्घेसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ पुगेकी उनले आज साँझ राष्ट्रपति विक्रमास...
कैलालीमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन भएको छ ।
कैलालीका सबै पालिकाले अभियानअन्तर्गत १६ दिनसम्म विभिन्न कार्यक्रम गर्दैछन् । पालिकाले जनचेतना जगाउन बस्तीस्तरमा भेला, छलफल, अभिमुखीकरण, सडक नाटक, विद्यालयस्तरमा खेलकुद, वादविवाद प्रतियोगिता, निबन्ध प्रतियोगिताजस्ता कार्यक्रम गर्न थालेका छन् ।
हिंसा न्यूनीकरणका लागि यस्तो कार्यक्रम गरिएको हो । घरभित्र महिलाले भोगिरहेका हिंसाका घटना अन्त्य भएमा समाजमा शान्ति स्थापना हुने सरोकारवाला बताउँछन् ।
टीकापुर नगरपालिकाका उपप्रमुख खडकबहादुर शाहले हिंसा न्यूनीकरणका लागि ९ वटै वडाका बस्तीस्तरमा प्रभावकारी ढंगले जनचेतना जगाउन योजना बनाएर काम गर्न थालेको बताउँछन् । ‘समाजमा देखिने घटना परिघटनाले महिला पीडित भएको देखिन्छन् । परिवार भित्रको हिंसा हुन नदिएमा धेरै हिंसाका घटनामा कमी आउँछ,’ शाह भन्छन्, ‘त्यसैले बस्तीस्तरमा कार्यक्रम लैजान आवश्यक छ ।’
कैलालीको टीकापुरकी सपना (नाम परिवर्तन) का घरमा सधैंजसो झगडा हुन्थ्यो । सासू बुहारी र पतिपत्नीबीच जहिले किचलो हुने सपना अति भएपछि ईलाका प्रहरी कार्यालय टीकापुरमा उजुरी गर्न आइन् । प्रहरीकहाँ उनले घरेलु हिंसा भयो भन्दै निवेदन दर्तापछि प्रहरीले उनका श्रीमान् र सासूलाई छलफलमा बोलायो ।
‘सासूले नानाथरि कुरा लगाउने, श्रीमान् हरेक रात मदिरा खाएर पिट्ने गर्नुहुन्थ्यो,’ सपनाले भनिन्, ‘४ वर्षको छोरी साथमा थिइन्, घर छोडेर जाउ भने पनि जाने ठाउँ थिएन, सहन नसकेपछि प्रहरीकहाँ न्याय लिए आए ।’
प्रहरीले सपनाका सासू र पतिलाई कानूनी व्यवस्था, महिला अधिकारका कुरा सम्झायो । प्रहरीले महिला र पुरुष समान हुन भन्ने कुरा सम्झाएपछि सासू र पतिले गल्ती महसूस गरे । ‘अहिले २ वर्ष भयो, मलाई कुनै खालको हिंसा छैन, श्रीमान् निकै माया गर्छन्, सासूले पनि सबै व्यवहार बदल्नुभयो,’ उनी भन्छिन्, ‘आफूमाथिको अन्याय नहुन पनि हिंसा न्यूनीकरणको शुरूआत हो । म प्रहरीकहाँ नआएको भए मेरो जीवनमा सुख र शान्ति आउने थिएन ।’
परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिङ्घेसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ पुगेकी उनले आज साँझ राष्ट्रपति विक्रमास...
खानेपानीमन्त्री अब्दुल खाँनले बाह्रै महिना मेलम्चीको पानी काठमाडौँवासीले पिउन पाउने गरी काम अगाडि बढाउने बताएका छन् । आज सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको मुहान...
डोटीको शिखर नगरपालिका-१० बानेडुग्रीसैन क्षेत्रको सडक चौडा पार्ने ठेक्का लिएको निर्माण कम्पनी सडक भत्काएर बेपत्ता भएको छ । केआइ सिंह राजमार्गअन्तर्गत पर्ने शिखर नगरपालिकाको बानेडुग्रीसैन क्षेत्रको सडकका खाल्डाखुल्...
काठमाडौंको पुनारो बानेश्वरस्थित एक घरमा छोरीको मृत्युपछि बाबु पनि झुण्डिएको अवस्थामा फेला परेका छन्। मैतीदेवीबाट पुरानोबानेश्वर जाने पुलको मुखैमा टंकप्रसाद मार्गस्थित एक घरमा सात वर्षीया छो...
धनुषामा एक मिटरब्याजी हतियारसहित पक्राउ परेका छन्। उनलाई उजुरीका आधारमा समातिएको धनुषा प्रहरीले जनाएको छ। प्रहरी नायब उपरीक्षक दीपक कुमार रायको कमाण्डमा खटिएको प्रहरी टोलीले खानतलास...
मापसे अर्थात् मादक पदार्थ सेवन गरेर गाडी चलाउने चालकहरू दैनिकजसो प्रहरीको कारबारीमा परिरकेका छन् । तर लापसे अर्थात् लागुऔषध सेवन गरेर सवारीसाधन सञ्चालन गर्ने चालकसमेत फेला पर्न थालेका छन् । यसरी लापसे गरेर...
सन् २०१२–२०२२ सम्म हेर्दा देशमा निरन्तर भ्रष्टाचार बढेको देखिन्छ । यसैले मान्नुस्, नमान्नुस् हामी सबै भ्रष्टाचार नै हौं । किन, कसरी, कहाँ, कहिले भन्ने प्रश्न मलाई होइन, आफैंलाई सोध्नुस्, छर्लङ्ग हुन्छ । भ्रष्...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...