२९ जेठ २०८३, शुक्रबार

जिससमा काँग्रेस–माओवादी गठबन्धन

कात्तिक २०, २०७४
जिससमा काँग्रेस–माओवादी गठबन्धन

अर्घाखाँची, २७ साउन - जिल्ला समन्वय समितिमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) गठबन्धनको मात्र उम्मेदवारी परेको छ ।

       सोअनुसार अध्यक्षमा कांग्रेसका पीताम्बर शर्मा भुसाल र उपाध्यक्षमा माओवादी केन्द्रका ऋषिबहादुर पुलामीले उम्मेदवारी दर्ता गर्नुभएको छ ।  खुला सदस्यमा माओवादी केन्द्रबाट ढालबहादुर राउत क्षेत्री र  रेमबहादुर राना मगर तथा कांग्रेसबाट शमशेर दिन मियाँको उम्मेदवारी परेको छ ।

      महिला सदस्यमा विमला परियार, झमकुमारी श्रेष्ठ र  लक्ष्मी पौडेल तथा दलित सदस्यमा बलेन्द्र विकले उम्मेदवारी दर्ता गरेको निवार्चन समितिका सदस्य टेकराज गैरेले जानकारी दिनुभयो । मनोनयन दर्तासँगै सबै पद निर्विरोध हुने निश्चित भएको छ ।

      नेकपा (एमाले)ले भने कुनै पनि पदमा उम्मेदवारी दर्ता गराएको छैन । निर्वाचन आगामी भदौ १ गते हुँदैछ । रासस

salt training

कमेन्ट गर्नुहोस्