११ साउन २०८३, सोमबार

भक्तपुरमा समानुपातिकतर्फ नेमकिपा पहिलो

मंसिर ११, २०७९
भक्तपुरमा समानुपातिकतर्फ नेमकिपा पहिलो

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पहिलो दल बनेको छ ।

प्राप्त मतका आधार नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौंथो ठूलो दल बनेको छ ।

नेकपा एमाले दोस्रो ठूलो दल बन्दा नेपाली कांग्रेस भने तेस्रो ठूलो दल बनेका छन् । 

प्रतिनिधि सभाका २ वटा निर्वाचन क्षेत्र रहेको भक्तपुरमा नेमकिपाले १ नम्बर क्षेत्रबाट ३२ हजार ९०४ र २ नम्बर क्षेत्रबाट ७ हजार ८६३ मत प्राप्त गर्दै कूल ४० हजार ७६७ मतका साथ पहिलो दल बनेको हो ।

नेमकिपाले १ नम्बर क्षेत्रको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा १(२) को सदस्यमा विजय हासिल गरेको थियो ।

प्रदेशसभामा एक सदस्य जितेको नेकपा एमालेले समानुपातिकतर्फ २६ हजार ७० मत प्राप्त गरेको छ । एमालेले १ नम्बर क्षेत्रबाट ८ हजार १९४ र २ नम्बर क्षेत्रबाट १७ हजार ८७६ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भिमबहादुर बिसीले बताए ।

नेपाली कांग्रेसले २३ हजार ७६९ र रास्वपाले २३ हजार ६ मत ल्याई क्रमशः तेस्रो र चौथो दल बनेका छन् । कांग्रेसले १ नम्बर क्षेत्रबाट ८ हजार ८७५ र २ नम्बर क्षेत्रबाट १४ हजार ८९४ मत प्राप्त गरेको बिसीले जानकारी दिए । रास्वपाले १ नम्बर क्षेत्रबाट ११ हजार ११० र २ नम्बर क्षेत्रबाट ११ हजार ८९६ मत प्राप्त गरेको छ । 

राप्रपाले ११ हजार ३९२ मत प्राप्त गरेको छ । राप्रपाले १ नम्बर क्षेत्रबाट ५ हजार ९०३ र २ नम्बर क्षेत्रबाट ५ हजार ४८९ मत प्राप्त गरेको छ । नेकपा माओवादी केन्द्रले १ नम्बर क्षेत्रबाट १ हजार ३६७ र २ नम्बर क्षेत्रबाट ५ हजार ४८९ सहित कूल ४ हजार ९८ मत प्राप्त गरेको छ भने नेकपा एकीकृत समाजवादीले २ हजार १५२ मत प्राप्त गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्