२५ असार २०८३, बिहीबार

एमालेको समानुपातिक मत २३ लाख नाघ्यो, स्वतन्त्र पार्टीभन्दा माओवादी अगाडि

मंसिर ११, २०७९
एमालेको समानुपातिक मत २३ लाख नाघ्यो, स्वतन्त्र पार्टीभन्दा माओवादी अगाडि

नेकपा एमालेको समानुपातिक मत २३ लाख नाघेको छ ।

आइतवार बिहानसम्म एमालेले समानुपातिकमा २३ लाख ४ हजार ४४९ मत पाएको छ भने नेपाली कांग्रेसले २२ लाख ७ हजार ५२७ मत पाएको छ ।

शुरूआती गणनामा तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी चौथोमा झरेको छ भने नेकपा माओवादी केन्द्र तेस्रोमा उक्लिएको छ ।

माओवादीे ९ लाख ६६ हजार ३०४ मत पाउँदा स्वतन्त्र पार्टीले ९ लाख २३ हजार ९६५ मत पाएको छ ।

समानुपातिकमा राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ८७ हजार ९८ मत पाएको छ । जनता समाजवादी पार्टीले २ लाख ८७ हजार ७५७ मत पाएको छ भने जनमत पार्टीले २ लाख २१ हजार ८४७ मत पाएको छ ।

नेकपा एकीकृत समाजवादीले २ लाख २१ हजार २८१ मत पाएको छ भने नागरिक उन्मुक्ति पार्टीले १ लाख ९८ हजार ४१८ मत पाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्