२२ असार २०८३, सोमबार

पत्रकार महासङ्घको केन्द्रीय साधारणसभाको तयारी सुर्खेतमा हुँदै

मंसिर १२, २०७९
पत्रकार महासङ्घको केन्द्रीय साधारणसभाको तयारी सुर्खेतमा हुँदै

नेपाल पत्रकार महासङ्घको पुसको पहिलो साता सुर्खेतमा हुने केन्द्रीय साधारणसभाको तयारी थालिएको छ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सुर्खेतले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पुस ८ र ९ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा केन्द्रीय साधारणसभा गर्ने महासङ्घको निर्णयलाई स्वागत गरेको छ । शाखाले उक्त साधारणसभाको सम्पन्न गर्न आठवटा उपसमिति गठन गरेको छ । 

महासङ्घका अध्यक्ष ललित बसेलको अध्यक्षतामा आज बसेको बैठकले साधारणसभा सफल बनाउन आवास तथा व्यवस्थापन, मञ्च व्यवस्थापन, अतिथि सत्कार, प्रचार, प्रकाशन, सांस्कृतिक, आर्थिक र पर्यटन उपसमिति गठन गरेको छ । अध्यक्ष बसेलका अनुसार समितिमा रहेका सातजना पदाधिकारीको संयोजकत्वमा उपसमितिहरू गठन गरिएका छन् । 

अध्यक्ष बसेलले कर्णालीमा हालसम्म कुनै पनि केन्द्रीयस्तरका कार्यक्रम हुन नसकिरहेको बेला महासङ्घको केन्द्रीय साधारणसभा राजधानी वीरेन्द्रनगरमा हुनु गौरवको विषय भएको बताए । कार्यक्रममा  देशविदेशका गरी करिब छ सय पत्रकार सहभागी हुने जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्