०४ साउन २०८३, सोमबार

गच्छदारविरुद्ध भगवतीको फराकिलो अग्रता

मंसिर १३, २०७९
गच्छदारविरुद्ध भगवतीको फराकिलो अग्रता

सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरीले फराकिलो अग्रता बनाएकी छन् । कांग्रेसका उम्मेदवार विजय कुमार गच्छदारले भन्दा भगवतीले ६ हजार ३३५ मत बढी प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

सुनसरी ३ मा अब १० हजार ६ सय ३४ मतमात्रै गन्न बाँकी भएकाले भगवती जीततर्फ उन्मुख भएकी छन् ।  पछिल्लो मतपरिणामअनुसार चौधरीले ३६ हजार ९३६ मत प्राप्त गर्दा गच्छदारले ३० हजार ६०१ मत प्राप्त गरेका छन् ।  यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले ६ हजार २६९ मत पाएका छन् । 
 

कमेन्ट गर्नुहोस्