२२ असार २०८३, सोमबार

रगतका लागि सुरक्षा निकायकै भर

मंसिर १३, २०७९
रगतका लागि सुरक्षा निकायकै भर
प्रतिकात्मक तस्वीर

मंसिर ११ गते नलगाड नगरपालिका–८ हल्चौरकी गर्भवती लक्ष्मी खत्रीको अत्यधिक रक्तश्राव भयो । उनको घरबाट झण्डै ३ घण्टा टाढा रहेको स्थानीय अस्पतालमा उपचार सम्भव भएन ।

यसपछि १४ हजार रुपैयाँ जीप भाडामा लिएर सदरमुकाम ल्याएर उपचार शुरू भयो ।

उपचारलगत्तै छोरीको जन्म दिएकी उनीलाई तत्काल ‘बी’ पोजेटिभ रगतको आवश्यकता परेको जनाउँदै स्वास्थ्यकर्मीले विष्णु खत्रीलाई अह्राए । जिल्लामै ‘ब्लड बैंक’ नभएका कारण खत्रीले तत्काल जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी कार्यालय हुँदै नेपाली सेनासम्म रगत चाहिएको सम्पर्क गरे ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले तत्काल प्रहरी जवान महेन्द्र थापालाई रक्तदान गर्न अस्पताल पठाए । डोल्पा अस्पतालमा गत शनिवार रुकुमपश्चिम आठबीसकोट नगरपालिका–४ की कमला विकको पाठेघरभन्दा बाहिर नलीमा नवजात शिशु बसेका कारण समस्या आयो । सो समस्या  आएपछि उनी डोल्पा अस्पताल पुगेकी थिइन् । 

जटिल खालको एक्सप्लोरेट्री ल्यापारोटामी शल्यक्रिया जिल्ला अस्पतालमै भयो । 

शल्यक्रियाका लागि रगतको आवश्यकता पर्दा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी जवानकै रगतको सहाराबाट विकको ज्यान बच्यो । यी त प्रतिनिधिमूलक घटना मात्र हुन् । 

जाजरकोट अस्पताल र डोल्पाको जिल्ला अस्पतालमा मासिक ७ भन्दा बढी रगत दिनुपर्ने बिरामी आउँदा सेना, प्रहरी र स्वास्थ्यकर्मी आफैंले रगत दिएर ज्यान बचाउने गरेको डोल्पा अस्पतालमा डा. अखण्ड उपाध्यायले बताए ।

यातायातको सहज पहुँच नभएको डोल्पामा सबैभन्दा बढी समस्या आउने गरेको छ । जाजरकोट सदरमुकाममा समेत रगत व्यवस्थापन नहुञ्जेलसम्म दैनिक रगतकै समस्या हुने गरेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख नवराज कँडेलले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्