०४ साउन २०८३, सोमबार

निर्वाचन, निर्वाचनजस्तो भएन, निर्भय वातावरणमा जनताले भोट हाल्न पाएनन् - ओली

मंसिर १३, २०७९
निर्वाचन, निर्वाचनजस्तो भएन, निर्भय वातावरणमा जनताले भोट हाल्न पाएनन् - ओली
फाइल तस्वीर

नेकपा एकालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न निर्वाचन, निर्वाचनजस्तो नभएको टिप्पणी गरेका छन् । मतदाताले निर्भय वातावरणमा भोट हाल्न नपाएको उनको आरोप छ । 

एमाले पार्टी कार्यालय च्यासलमा मंगलवार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सरकारले चुनावमा आतंक सिर्जना गरेको आरोप लगाएका हुन् । ‘निर्वाचन, निर्वाचनजस्तो भएन, निर्भय वातावरणमा जनताले आफ्नो अभिमत प्रकट गर्न पाएनन् । बुथ कब्जा भए, मान्छे मारिए । ब्ल्यांक फायरमार्फत आतंकको वातावरण सिर्जना गरेर बुथ कब्जा गर्ने काम भयो’, ओलीले भने । 

अध्यक्ष ओलीले सत्ता पक्षले डकैती गरेका कारण एमाले पहिलो पार्टी बन्ने अवसरबाट बञ्चित बनेको दाबी गरे । ‘यहाँ साथीहरूले एमाले पहिलो पार्टी बन्न सकेन भन्नुभयो । नेकपा एमाले प्रमुख पार्टीमा सजिलोसँग आउथ्यो, तपाईंको खल्तीमा मेरोभन्दा बढी पैसा हुनसक्छ, तर लुटियो भने त रहँदैन नि ! अहिलेको गठबन्धनले लुटेपछि के गर्ने ? पैसा बाँडेन कि, प्रहरी प्रशासनको दुरुपयोग गरेन कि ?’, ओलीले भने, ‘लोकतन्त्रको नामको नाङ्गो नाच र तमासा सत्तापक्ष, गठबन्धनको सरकारले गरिराखेको छ । यस्तो तथानामका बाबजुद कतिपय स्थानमा राष्ट्र सेवकले तटस्थ रहने दृढता देखाए, उनीहरूलाई प्रसंशा गर्न चाहन्छु ।’

salt training

कमेन्ट गर्नुहोस्