१६ असार २०८३, मंगलबार

सत्ता बाँडफाँटको चटारो छाडेर सुकुटेमा र्‍याफ्टिङ गर्दै प्रचण्ड

मंसिर १४, २०७९
सत्ता बाँडफाँटको चटारो छाडेर सुकुटेमा र्‍याफ्टिङ गर्दै प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुकुटे पुगेका छन् ।

प्रचण्ड परिवारसहित बुधबार सुकुटे बीच रिसोर्ट पुगेका हुन् । 

प्रदेश र प्रतिनिधिसभा निर्वाचनको अन्तिम मत परिणाम आउनै लाग्दा प्रचण्ड रिफ्रेसमेन्टका लागि सुकुटे पुगेका हुन् ।

अध्यक्ष प्रचण्डसँग सभामुख अग्निप्रसाद सापकोटासहित उनको परिवारका सदस्यहरू सुकुटे पुगेका प्रचण्डले निर्वाचनमा सोचेजस्तो परिणाम नआएको सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् ।

प्रचण्डको टोलीलाई सिन्धुपाल्चोक १ का नवनिर्वाचित सांसद माधव सापकोटाले स्वागत गरेका थिए ।

अध्यक्ष दाहालको पारिवारिक भ्रमण मात्रै रहेको निजी सचिवालयले जानकारी दिएको छ।

अध्यक्ष दाहाल ले आगामी सरकारको नेतृत्वको सवालमा निकट्स्ठहरुसँग छलफल गर्ने स्रोतको दाबी छ।

दाहाल सुकुटेस्थित सुकुटे बीच रिसोर्टमा बसेका छन्।

salt training

कमेन्ट गर्नुहोस्