२८ जेठ २०८३, बिहीबार

ह्वीलचियर प्रयोगकर्ताबीच मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता

मंसिर १८, २०७९
ह्वीलचियर प्रयोगकर्ताबीच मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता
प्रतिकात्मक तस्वीर

नवलपरासी बर्दघाट सुस्तापूर्वको देवचुली नगरपालिकामा देवचुली र पोखराका ह्वीलचियर  प्रयोगकर्ताको मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ । 

५–५ जनाको समुहमा विभाजित २ समूहले ह्वीलचियरकै माध्यमबाट आफ्नो खेल प्रदर्शन गरेका थिए । खेलमा पोखराको समूह विजेता बनेको छ ।

ह्वीलचियर प्रयोगकर्ता पनि सवलाङ्ग व्यक्तिसरह सक्षम रहेको देखाउन प्रतियोगिता सञ्चालन गरिएको धवलागिरि अपाङ्ग उत्थान संस्था देवचुलीका अध्यक्ष घनश्याम सुवेदीले बताए ।

‘अपाङ्गता भएकाहरूले पनि सामान्यसरह जे पनि गर्न सक्छन् भन्ने देखाउन खेल खेलिएको हो,’ उनले भने, ‘सरोकारवाला निकायले उचित अवसरको व्यवस्था मिलाउन दबाब पुग्ने आशा लिएका छौं ।’

सहभागीहरूलाई हौसला प्रदान गर्दै देवचुली नगरपालिका प्रमुख हरिप्रसाद न्यौपानेले अपाङ्गता भएकाहरूको हकहितका लागि आफू सदैव अगाडि हुने बताए । उनले भने, ‘स्थानीय सरकारले अपाङ्गतामैत्री सेवा प्रवाह गर्दै सीप र अवसर दिनुपर्छ भन्नेमा हामी प्रतिबद्ध छौं ।’

salt training

कमेन्ट गर्नुहोस्