२९ असार २०८३, सोमबार

आईजीपी  सिंह र पूर्व प्रहरी कर्मचारीहरूबीच अन्तरक्रिया

मंसिर १८, २०७९
आईजीपी  सिंह र पूर्व प्रहरी कर्मचारीहरूबीच अन्तरक्रिया

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले बाँकेका पूर्वप्रहरी कर्मचारीहरूसँग शुक्रवार अन्तरक्रिया गरेका छन् । प्रहरी महानिरीक्षक सिंहले पूर्वप्रहरी कर्मचारीका सन्ततिहरूलाई स्कुल भर्ना तथा प्रहरीको भर्ना छनोटमा प्राथमिकता दिने र पूर्वप्रहरी कर्मचारीहरूको हकहितको लागि संगठनबाट सक्दो सहयोग हुने प्रतिबद्धता गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पूर्वप्रहरी संगठन जिल्ला कार्य समिति बाँकेका अध्यक्ष पूर्व प्रहरी निरीक्षक गंगाबहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा उपस्थित पूर्व प्रहरी कर्मचारीहरूले आ–आफ्ना जिज्ञासा राखेका थिए ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक नलप्रसाद उपाध्याय, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल, कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगञ्जका प्रमुख, लुम्बिनी प्रादेशिक प्रहरी अस्पताल नेपालगञ्जका प्रमुखलगायतका प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्