
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सोमबार बिहान प्रदेश १ को पहाडी भूभागमा तथा उच्च पहाडी र हिमाली भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
यस्तै दिउँसो प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
यसैगरी राति पनि प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ ।