३० जेठ २०८३, शनिबार
सरकार गठनकाे कसरत

चुनावी समीक्षा र पावर शेयरिङबारे छलफल गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक

मंसिर १९, २०७९
चुनावी समीक्षा र पावर शेयरिङबारे छलफल गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक

निर्वाचन समीक्षा र पावर शेयरिङबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक शुरु भएको छ । प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा साेमवार अपराह्न बैठक शुरु भएको हो । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनपछिको समग्र अवस्थाका बारेमा छलफल गर्न पाँच दलीय सत्ता गठबन्धनको बैठक बसेको  गठबन्धनका नेताहरूले बताएका छन् । 

आजको बैठकमा निर्वाचन परिणामको समीक्षालगायत विषयमा छलफल हुने नेकपा (एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसालले जानकारी दिए । गठबन्धनका शीर्ष नेतासहितको बैठकका नयाँ सरकार गठनबारेमा समेत छलफल हुने बताइएको छ ।

पाँच दलीय गठबन्धनमा हाल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा छन् । यही मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसले ५७ र माओवादी केन्द्रले १८ स्थानमा विजयी भएका छन् ।    

यस्तै एकीकृत समाजवादी १०, लोकतान्त्रिक समाजवादी पार्टीले चार, राष्ट्रिय जनमोर्चा एक स्थानमा विजयी भएका छन् । यसअघि कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताले गठबन्धनकै नेतृत्वमा आगामी नयाँ सरकार बनाउने सम्बन्धमा विभिन्न चरणमा छलफल गरिसकेको बताएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्