
गण्डकी प्रदेश सभामा निर्वाचित स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । सोमवार दिउँसो पार्टी अध्यक्ष माधवकुमार नेपालले उनलाई पार्टी प्रवेश गराएका हुन् ।
मंसिर ४ गते सम्पन्न निर्वाचनमा मनाङे मनाङबाट प्रदेश सभामा निर्विरोध निर्वाचित भएका थिए । मनाङेले नेकपा एसको नीति र सिद्धान्त आफ्नो नीति र सिद्धान्तसँग मेल खाएकाले पार्टी प्रवेश गरेको उल्लेख गरेका छन् ।
मनाङले पार्टी प्रवेश गरेसँगै गण्डकी प्रदेश सभामा नेकपा एसको पनि एक सिट भएको छ । उक्त पार्टीले प्रदेश सभातर्फ एउटा पनि सिट जित्न सकेको थिएन ।
अघिल्लो कार्यकालमा पनि स्वतन्त्र सांसद रहेका मनाङे प्रदेशका मन्त्री पनि हुन् ।
