११ साउन २०८३, सोमबार

जापान र क्रोएसियाबीचको खेल अतिरिक्त समयतर्फ धकेलियो

मंसिर १९, २०७९
जापान र क्रोएसियाबीचको खेल अतिरिक्त समयतर्फ धकेलियो

कतार विश्वकपमा पहिलो पटक खेल अतिरिक्त समयतर्फ धकेलिएको छ । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि जापान र क्रोएसियाबीचको खेल अतिरिक्त समयतर्फ धकेलिएको हो । 

क्वाटरफाइनल प्रवेशका लागि भएको खेलमा जापानले अग्रता बनाएको थियो । अल जनोब स्टेडियममा भएको खेलमा जापानका लागि ४३औं मिनेटमा डाइन मेन्जाले गोल गर्दै अग्रता दिलाएका हुन् । तर, ५५औं मिनेटमा क्रोएसियाका इभान पेरिसिकले गोल गर्दै खेललाई बराबरीमा ल्याए  । त्यसपछि ९० मिनेटसम्म दुबैतर्फबाट खोल नभएपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्