२५ असार २०८३, बिहीबार

दक्षिण कोरियालाई ४-१ ले हराउँदै ब्राजिल क्वाटरफाइनलमा प्रवेश

मंसिर २०, २०७९
दक्षिण कोरियालाई ४-१ ले हराउँदै ब्राजिल क्वाटरफाइनलमा प्रवेश

ब्राजिल फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारमा राति भएको प्रि-क्वाटरफाइनल खेलमा ब्राजिलले दक्षिण कोरियालाई ४-१ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । 

ब्राजिलका लागि खेलको ७ औँ मिनेटमा भिनी जुनियरले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको १३ औँ मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै नेयमारले अग्रता दोब्बर बनाए । त्यस्तै, खेलको २९ औँ मिनेटमा रिचार्लिसन र ३६ औँ मिनेटमा लुकास पाक्वेटाले गोल गरेपछि ब्राजिलले पहिलो हाफमा ४-० ले अग्रता लियो ।  

खेलको ७६ औँ मिनेटमा पाइक सेउङले दक्षिण कोरियाका लागि सान्त्वना गोल गरेका थिए । त्यसपछि खेलमा कुनै गोल भएन । ब्राजिलले खेल ४-१ गोलअन्तरले आफ्नो पक्षमा पार्‍यो ।

त्यसअघि राति भएको अर्को खेलमा क्रोएसियाले जापानलाई टाइब्रेकरमा पराजित गर्दै क्वाटरफाइनलमा पुगेको थियो । ब्राजिलले क्वाटरफाइनलमा क्रोएसियासँग खेल्नेछ । रासस

salt training

कमेन्ट गर्नुहोस्