१९ असार २०८३, शुक्रबार

पहाडी भूभागमा आंशिक बदली

मंसिर २०, २०७९
पहाडी भूभागमा आंशिक बदली

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि मंगलबार बिहान  पहाडी  भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । 

यस्तै दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी  भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। यस्तै राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभाग लगायत लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी  भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्