२२ असार २०८३, सोमबार

सुनको मूल्य घट्यो

मंसिर २०, २०७९
सुनको मूल्य घट्यो

सुनचाँदी बजारमा मंगलवार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ६०० रुपैयाँले घटेको छ ।

अघिल्लो दिन प्रतितोला ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलवार प्रतितोला ९९ हजार ३०० रुपैयाँ तोकिएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार मंगलवार तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ८०० रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९९ हजार ४०० रुपैयाँ थियो ।     

मंगलवार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २५ रुपैयाँले घटेर १ हजार ३५० तोकिएको महासंघले जनाएको छ । महासंघले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्