×

NMB BANK
NIC ASIA

दशगजालाई नै असर पर्ने गरी भारतको पर्खाल

मंसिर २०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

रुपन्देहीमा पर्ने सीमामा भारतले एकलौटी तरिकाले पर्खाल निर्माण गर्न लागेपछि नेपाली प्रशासनले त्यसमा हस्तक्षेप गरेको छ । 

Muktinath Bank

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ पक्लिहवा नजिकै भारतले एकलौटीरूपमा पर्खाल निर्माण सुरु गरेको छ । दशगजासँगै जोडिएर एकलौटीरूपमा पर्खाल निर्माण गर्न लागेकाले स्थानीय प्रशासनले यसमा आपत्ति जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतीय सुरक्षाकर्मी एसएसबीले भारतमा एकीकृत जाँचचौकी (आइसिपी) निर्माणका लागि भन्दै ठूलो क्षेत्रमा पर्खाल लगाउने तयारी गरेको छ । सशस्त्र प्रहरीको जिल्ला कार्यालय रहेको अगाडि नै भारतले दशगजाभरि इँटा खसालेको छ । पिलर नम्बर ५१८ को छेवैमा जग खनेर पर्खाललाई आवश्यक पिलर पनि ठड्याइसकेको छ । 


Advertisment
Nabil box
Kumari

नेपाल निर्वाचनमा होमिएको समयमा भारतले एकलौटीरूपमा बनाउन लागेको पर्खालमा नेपाली प्रशासनले आपत्ति जनाएपछि अहिले निर्माण कार्य रोकिएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए । “सशस्त्र प्रहरीले जिल्ला प्रशासन कार्यालयलाई भारतले निर्माण गरेको पर्खालबारे जानकारी गराएको थियो”, अर्यालले भने, “हामीले तत्काल गृह मन्त्रालयलाई खबर गर्यौं र भारतीय पक्षलाई निर्माण कार्य रोक्न लगायौँ ।”

Vianet communication
Laxmi Bank

भारतले दशगजालाई नै प्रभावित पार्ने गरी निर्माण कार्य सुरु गरेको उनले बताए । दशगजा क्षेत्रमा कुनै पनि काम गर्दा दुवै देशले अर्का देशको अनुमतिले मात्र निर्माण गर्न पाइने प्रावधान छ तर यसमा भारतीय पक्षले यसको पालना नगरेको सहायक प्रजिअ अर्यालको भनाइ छ । 
नेपाल भारतको सीमा नाका बेलहियामा एकीकृत जाँचचौकी निर्माणको चरणमा रहेको छ । नेपालले धेरै समयअघि नै जग्गा अधिग्रहण गरे पनि भारतीय पक्ष भने जग्गा अधिग्रहणको कारण रोकिएको थियो । पूर्वनिर्धारित क्षेत्रभन्दा केही पश्चिम अहिले भारतीय पक्षले आइसिपी निर्माणका लागि जग्गा लिएको छ ।रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x