०२ साउन २०८३, शनिबार

जापानको ज्यालादरमा सन् २०१५ यताकै सबैभन्दा ठूलो गिरावट

मंसिर २०, २०७९
जापानको ज्यालादरमा सन् २०१५ यताकै सबैभन्दा ठूलो गिरावट

जापानको अक्टोबरमा समायोजित वास्तविक ज्यालादर एक वर्ष अघिको तुलनामा २.६ प्रतिशतले घटेको देखिएको छ । जुन सन् २०१५ जुन पछिको सबैभन्दा ठूलो गिरावट हो ।

श्रम मन्त्रालयले मङ्गलबार प्रारम्भिक प्रतिवेदन जारी गर्दै सो गिरावट सार्वजनिक गरेको छ । प्रारम्भिक तथ्याङ्कले ऊर्जाको बिल र खाद्यान्नको लागतलगायतका उपभोक्ता मूल्यहरू मात्र ज्यालामा बढेको कारण सूचकाङ्क लगातार सातौँ महिना घटेको देखाएको छ ।

अक्टोबरमा प्रति कामदारको कूल ज्याला एक वर्ष अघिको तुलनामा १.८ प्रतिशतले बढेर दुई लाख ७५ हजार आठ सय ८८ येन वा लगभग दुई हजार अमेरिकी डलरमा पुगेको छ थियो ।

बढ्दो मुद्रास्फीतिको सामना गर्न जापानी सरकारले अक्टोबरमा ३९ ट्रिलियन येन (दुई सय ८६ बिलियन–अमेरिकी डलर) को व्यापक आर्थिक प्याकेज अनुमोदन गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्