३१ असार २०८३, बुधबार

इरानमा विदेशी नेतृत्वको ‘सबोटेज नेटवर्क’ का १२ सदस्य पक्राउ

मंसिर २०, २०७९
इरानमा विदेशी नेतृत्वको ‘सबोटेज नेटवर्क’ का १२ सदस्य पक्राउ

इरानको मर्काजीमा विदेशबाट नेतृत्व गरेको "सबोटेज नेटवर्क" का १२ सदस्यलाई पक्राउ गरिएको इस्लामिक रिभोलुसन गार्ड्स कोर (आईआरजीसी) ले मङ्गलबार जनाएको छ।
  गुप्तचरले उनीहरूसँग अवैध हतियार भएको र प्रान्तमा "तोडफोड गर्ने कार्य" गर्ने योजना बनाएको  सूचना पाएपछि उनीहरूलाई पक्राउ गरिएको अर्ध-सरकारी तस्निम समाचार एजेन्सीले आईआरजीसीको जनसम्पर्क कार्यालयको विज्ञप्ति उद्धृत गर्दै उल्लेख गरेको छ।

गुप्तचर संस्थाले जर्मनी र नेदरल्याण्डमा आधारित "प्रतिक्रान्तिकारी तत्त्वहरू" को नेतृत्वमा रहेका यी मानिसहरूलाई तोडफोड  र  हुलहुज्जतमा संलग्न हुनु अगाडि नै पक्राउ गरेको जनाएको छ ।  
 पक्राउ परेकाहरूले राष्ट्रिय सुरक्षा विरुद्धको गतिविधि पनि गरेको पाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्