३१ असार २०८३, बुधबार

भारतले कोशी बाँधको ढोका नखोलेपछि कलाकारको आक्रोश : नेताले आत्मघाती सन्धि किन गरेको ?

कात्तिक २०, २०७४
भारतले कोशी बाँधको ढोका नखोलेपछि कलाकारको आक्रोश : नेताले आत्मघाती सन्धि किन गरेको ?
काठमाडौं, २९ साउन – केही दिन देखिको अविरल वर्षका कारण तराईका अधिकांश स्थान डुवानमा परहेको छ भने पहाडी क्षेत्र पहिरोको चपेटामा परहेको छ ।

बाढी र पहिरोमा परि देशभर ५१ भन्दा धेरै जनाको मृत्यु भएको छ । तराईका झापा, सुनसरी, रौतहट, जनकपुर लगायतका अधिकांश स्थान जलमग्न भएपछि सरकार राहत र उद्दारमा जुटेको छ ।

यसैक्रममा कलाकारहरुले पनि सवैलार्य पीडितको सहयोगमा जुट्न आग्रह गरेका छन् ।

कोशी व्यारेजमा पानीको सतह उच्च भएसँगै व्यारेजको ढोका भारतले नखोलेको आक्रोशमा पनि कलाकार उत्रिएका छन् ।

नयाँ शक्ति पार्टीकी नेतृसमेत रहेकी कलाकार करिष्मा मानन्धरले फेसबुकमा स्टाटस लेख्दै सन्धी तथा सम्झौता गर्ने नेतालाई गाली गरेकी छिन् ।

उनले भनेकी छिन्, ‘नेताज्यूहरुले विगतमा गरेका सन्धीहरू केका आधारमा गरेका होलान् ? उहाँहरुको दूरदर्शीता देखेर लाज लागेर आयो ।’ उनले लेखेकी छिन्, ‘हाम्रोजस्तो भू–संरचना भएको मुलुकले गर्ने सन्धी यस्तो आत्मघाती किसिमको कसरी गर्न सकेको?’

त्यस्तै अभिनेता आर्यन सिग्देलले आफ्नो फेसबुक पेजमार्फत युवालाई सहयोगका लागि जुट्न आग्रह गरेका छन् । ‘बाढीले गाँस, बास र कपास बगाएको छ, धेरैले आफन्त गुमाएका छन्, देश नै शोकमा छ ।’ उनले लेखेका छन्, ‘नेता र सरकारप्रति आ–आफ्नै किसिमको आक्रोश छ, यतिबेला आरोप र प्रत्यारोप भन्दा पनि सबैले आ–आफ्नो किसिमले सहयोग गर्नुपर्छ जस्तो मलाई लाग्छ ।’

हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) ले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीमाथि व्यङ्ग्य गर्दै लेखेका छन्, ‘विहारी भाइ और बेहेनो, तुमलोग चिन्ता मत करो, हमने बाढको रोक दिया है ।’

सामाजिक सञ्जालबाटै अभिनेत्री रेखा थापाले डुबान क्षेत्रमा परेका नेपालीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र उद्धारमा जुट्न सरकारलाई आग्रह गरेकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्