माघ १६, २०७९
मधेश प्रदेश प्रहरीले ७५० काजमा गएका कर्मचारीहरूलाई दरबन्दीमा फिर्ता बोलाएको छ । आफ्नो अनुकूल मिलाएर काज सरुवामा गएका १ हजार ३०० प्रहरी कर्मचारीहरूमध्ये अहिले ७५० प्रहरीहरूलाई आफ्नो दरबन्दीमा फिर्ता ल्याएको प्र...
राष्ट्रपति विद्यादेवी भण्डारीले मौलिक चाडपर्वले सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएकी छन् । उधौली पर्व, २०७९ का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले विभिन्न जातजाति र समुदायको साझा फूलबारीको रूपमा रहेको नेपालमा उधौलीजस्ता चाडपर्वले नेपालीको साझा पहिचान कायम गर्नमा अहम् भूमिका निभाएको बताइन् ।
उधौली पर्वले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नसमेत सहयोग गरेको उल्लेख गर्दै राष्ट्रपतिले यसपर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन् ।
उनले प्रकृतिसँग तादात्म्यता कायम गरी जीवन निर्वाह गर्ने अभ्यस्त किराँत समुदायले जाडो मौसम सुरु भएपछि हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरू भई १५ दिनसम्म विभिन्न क्रियाकलापका साथ उधौली पर्व मनाउने परम्परा रहेको सन्देशमा उल्लेख गरेकी छन् ।
“किराँत समुदायका मूलतः राई, लिम्बू, याख्खा र सुनुवारले नयाँ अन्नबाली पितृलाई चढाइ पितृपूजा गर्नुका साथै राम्रो फसलको लागि भूमिप्रति आभार प्रकट गर्दै भित्र्याइएका अन्नबालीमा घुन–पुतली नलागोस् र सहबनोस् भन्ने कामनासहित भूमिको पूजा गर्ने गरिन्छ । उधौली पर्वको अवसरमा परम्परागत वेषभूषा लगाई सार्वजनिकस्थलमा भेला भएर सामूहिक रूपमा साकेला नृत्य गर्ने प्रचलनसमेत रहेको छ”, राष्ट्रपतिद्वारा जारी सन्देशमा उल्लेख छ ।
उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्ने उल्लेख गर्दैै उनले यस पर्वले प्रकृतिको सम्मान गर्दै सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग गरेको बताएकि छन् । रासस
मधेश प्रदेश प्रहरीले ७५० काजमा गएका कर्मचारीहरूलाई दरबन्दीमा फिर्ता बोलाएको छ । आफ्नो अनुकूल मिलाएर काज सरुवामा गएका १ हजार ३०० प्रहरी कर्मचारीहरूमध्ये अहिले ७५० प्रहरीहरूलाई आफ्नो दरबन्दीमा फिर्ता ल्याएको प्र...
राजस्व छली गरेर अवैध रूपमा नेपाल भित्रिएका मदिरा र सुर्तीजन्य पदार्थ बजारमा छ्यापछ्याप्ती देखिएका छन् । आन्तरिक राजस्व विभाग र मातहतका विभिन्न राजस्व कार्यालयले पछिल्लो १५ दिन अवधिमा गरेको अनुगमनका क्रममा १७ स्थ...
धनुषास्थित ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट फरार भएका थुनुवाहरूमध्ये १ जनालाई प्रहरीले पक्राउ गरेको छ । मिथिला नगरपालिका–६ बस्ने रोशन महतोलाई सोमवार साँझ ६ बजेतिर पक्राउ गरी थप अनुस...
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–२ चनौलीका ७२ वर्षीया मीनकुमारी महतो घरमै ज्येष्ठ नागरिक भत्ता पाएपछि खुशी छिन् । शारीरिक समस्याका कारण सहज रूपमा हिँडडुल गर्न नसक्ने उनलाई जनप्रतिन...
कालीगण्डकी नदीबाट निकालिएको 'देव शिला'लाई भारतको अयोध्याका लागि प्रस्थान गराइएको छ । माता सीताको जन्मस्थान जनकपुरधामबाट शिला रामको जन्मस्थान अयोध्याका लागि प्रस्थान गराइएको हो । शिलासँगै जानकी म...
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २ वटा रेस्टुराँलाई नगद जरिवाना गरेको छ । सोमवार बजार अनुगमनका क्रममा विभागले काठमाडौंको तीनकुनेमा रहेको रोयल लाउञ्ज ब्यांक्वेट एन्ड रेस्टुराँ र सिनामंगलमा रहेक...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...