×

NMB BANK
NIC ASIA

विभिन्न शंका–उपशंकाबीच नेपालमा ३ वटै तहको आवधिक निर्वाचन संम्पन्न भएको छ । अहिले विशेषतः प्रतिनिधि सभाको निर्वाचनमा केन्द्रित रही विभिन्न प्रकारका टीका टिप्पणीहरू हुने गरेको देखिन्छ । केन्द्रीय सरकारको निर्माण तथा विभिन्न संवैधानिक निकाय प्रमुखहरूको निर्वाचन समेत यही परिणाममा आधारित हुने भएको कारण पनि यसको बढी चर्चा हुनु स्वाभाविक हो ।

Muktinath Bank

अहिले मुख्यतः माओवादी पार्टीले सर्वस्व गुमाएको र राष्ट्रिय स्वतन्त्र पार्टीले संसार जितेको जस्तो प्रचार भइरहेको छ । पत्रपत्रिका र सामाजिक सञ्जाल जताततै यिनै विषयलाई महत्त्व दिएको देखिन्छ । यसको एउटा ज्वलन्त उदाहरण अन्तिम परिणाम आउनु पूर्व नै माओवादीलाई १७ हजारको हत्या आरोप, जनयुद्ध शुरू गरेको १७ वर्षपछि संसद्मा १७ प्रतिनिधि पठाउन सकेको जस्ता आत्मरतिमा रमाएको देखिनु हो । अहिले दोलखाको निर्वाचन माओवादीको पक्षमा थपिएपछि यो मिथकले काम गर्न छाडेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचन पछाडि सरकार बनाउनु मुख्य अभिभारा हो । संसदीय प्रणाली अनुसार सामान्यतः पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनाउने प्रचलन त्यति देखिँदैन । चाहेर वा नचाहेर यसपटक पनि माओवादी पार्टीलाई पुनः एकपटक सरकार बनाउने खेलमा मुख्य खेलाडी बन्ने बाध्यता बनेको देखिन्छ । यसलाई अतिरञ्जित गरी नानाथरिका आरोपहरू लगाउने काम भइरहेका छन् ।


Advertisment
Nabil box
Kumari

सरकार नबनेसम्म यस प्रकारका जोडघटाउहरू हुन नपाओस् र देशले स्थायित्व पाओस् भनेर नै ५ दलीय गठबन्धनमार्फत निर्वाचन लडिएको थियो । यो निर्वाचन प्रणालीअनुसार सामान्यत कसैको पनि पूर्ण बहुमत आउन सम्भव छैन । विचार मिल्ने भनेका पार्टीहरू मिलेर नेकपा बनेको ३ वर्षमा नै जुन स्थिति भोग्नपर्‍यो, अहिले वाम एकता भन्ने शब्द नै सुन्न नपरे हुन्थ्यो भन्ने भएको छ तर बिडम्बना नै मान्नुपर्छ ।

Vianet communication
Laxmi Bank

नयाँ विकल्पको नाममा जेजति परिवर्तनका हावा–हुण्डरी चल्यो, त्यसैको कारण देश पुनः २०५१ सालको वरिपरि पुग्यो । पार्टीभित्र अहिले युवा र वृद्धको जुन सीमारेखा कोरिँदैछ, यसले पनि सही दिशा पकड्न सक्ने देखिँदैन । मुख्य ३ पार्टीका पहिलो नेताले विश्राम लिने निर्णय गर्‍यो भने को उत्तराधिकारी बन्ने भन्ने सवालमा नै सबै पार्टीको हबिगत देख्न सकिने छ । त्यसो त बाँचुञ्जेल यही नेतृत्व रहिरहनुपर्छ भन्ने मेरो जिकिर होइन तर हाम्रो पार्टी सञ्चालनको विधि नै यस्तै बन्यो जुन परिवर्तन हुन आवश्यक छ तर तुरुन्तै छुमन्तर हुने अवस्था भने देखिँदैन । 

स्थानीय निर्वाचनमा विशेषतः बालेनको उदय गठबन्धन र एमाले दुवैले उपयुक्त उम्मेदवार चयन गर्न नसक्नु नै मुख्य कारण थियो । राजनीतिमा खासै सक्रिय नभएका सिर्जना भाउजु र रिटायर्ड हुनुपर्ने स्थापित दाइ दुवैले आफूले जित्ने भन्दाभन्दै दुवैले झण्डै आधा मतले हार्नुपर्‍यो । पार्टीहरूले यो संकेतलाई अलिकति बुझेर राम्रो उम्मेदवार दिएको भए यस्तो शर्मनाक हार भने व्यहोर्नुपर्ने थिएन । यो निराशाविरुद्ध उठेको जनलहरलाई मौकामा चौका हान्न खप्पिस रवि लामिछानेले स्वतन्त्रभन्दा भन्दै समानुपातिकको भोट जम्मा गर्न पार्टी नै निर्माण गरे । यसलाई कुनै पनि पार्टीले खासै महत्त्व दिएनन् । यो पार्टीको कसैले नजित्ने हुँदा राष्ट्रिय पार्टी हुँदैन भन्न थालियो । त्यति मात्र होइन, मतगणनामा २ दिन रवि पछाडि पर्दा हर्षोल्लास गर्नेहरूको सञ्जालमा चुरीफुरी नै अर्कै थियो । झण्डै ५० हजार बढी मतले जित्दै गरेका रविले जित्दैन भनेर जिन्दगीभर राजनीति गर्नेहरूले बाजी समेत मारेका थिए । अहिलेको नतिजा हेर्दा चितवन क्षेत्र नम्बर ३ बाट प्रचण्डको विरुद्धमा उठ्ने प्रचारप्रसार गरेका रविले गोरखा–२ मा जाने हिम्मत गरेका भए पनि जित्ने रहेछ भन्ने अड्कल काट्न सकिन्छ । घण्टी चिह्नमा उठेका कविन्द्र बुर्लाकोटीले १२ हजार ६३९ पाउनु चानचुने विषय होइन तर यता चितवनमा नै उठेको भए भारी मतले जिताइन्थ्यो भन्ने र उता गोरखामा टिकट पाइएन भनेर चित्त दुखाउने माओवादी नेता–कार्यकर्ताहरूले अझै पनि प्रचण्ड भएको भए अर्कै माहोल हुन्थ्यो भन्ने डम्फु बजाउन छाडेको देखिँदैन । स्थानीय धरातल वा जनताको मनस्थिति बुझ्न नसक्ने पार्टी नेता–कार्यकर्ताले यस्तै नियति भोग्नुबाहेक अन्य विकल्प रहँदैन । चुनावताका जेजति सामाजिक सञ्जालमा लेखिए पनि केही साथीहरूसँग कुरा गर्दा पार्टीले प्रत्यक्षमा बढीमा २० स्थान जित्न सक्ने अनुमान गरेको थिंए तर कांग्रेसले यतिधेरै स्थान गुमाउँछ जस्तो चाहि लागेको थिएन । 

माओवादी पार्टीसँग जनताको धेरै अपेक्षा हुनु स्वाभाविक हो । जनताले यही भरोसाका कारण पहिलो संविधान सभाको निर्वाचनमा त्यतिधेरै मत दिएका थिए तर त्यो विश्वास दोस्रो संविधान सभाको चुनावमा नै टुट्यो । पार्टी टुटफुटले गर्दा पहिलो निर्वाचनमा एमालेसँग मिल्दा पनि आफ्नो भागमा त्यतिधेरै जीत हात पार्न सकिएन । अहिलेको निर्वाचनमा गणितीय रूपमा तेस्रो भए पनि मनोवैज्ञानिक रूपमा भने रसातलमा नै पुगे जस्तो देखियो । यसलाई यो वा त्यो कारण देखाएर चित्त बुझाउने ठाउँ त होला तर त्यसले कुनै समस्या समाधान गर्न सक्छ जस्तो लाग्दैन । हुन त यति छिट्टै आशा गरिएका सारा परिवर्तन हुन सक्थ्यो कि सक्दैन्थ्यो त्यो अर्कै विषय हो तर नेता कार्यकर्ताको जीवनशैली, शहर मोह, पदलोलुप र दुरुपयोग जस्ता तमाम कारणले दशौं टुक्रामा विभाजित भई जनतासँगको सम्बन्ध नै टुट्न पुगेको देखिन्छ । यी विषयमा गम्भीर छलफलसहित उचित मार्गनिर्देश गर्न सकियो भने इतिहासमा पुर्‍याएको योगदानको आधारमा पुनः गुमेको साख फर्काउन सकिने सम्भावनाहरू भने छन् । भनाइ र व्यवहारमा एकरूपता ल्याउन सकियो र जनताले प्रत्यक्ष रूपमा केही अनुभव गर्न सक्यो भने सधैं यस्तो अवस्था रहने छैन । कमी–कमजोरीबाट पाठ सिक्दै एउटा नयाँ अध्याय लेख्न थाल्नुपर्नेछ । 

जे जसो भए पनि अहिलेको म्यान्डेट भनेको गठबन्धनले नै सरकार बनाउने र ५ वर्षसम्म स्थायी सरकार सञ्चालन गर्ने नै हो । चुनाव अगाडि गठबन्धन बनाउने तर सरकार बनाउँदा अर्को बाटो फेर्ने हो भने त्यो राजनीतिक बेइमानी हुन जान्छ । गठबन्धनबाहेक अन्य पक्षले कुनै हालतमा पनि सरकार बनाउन सक्ने अवस्था नभएको हुँदा झन् कमजोर विकल्पको खोजी गर्नु हुँदैन । अहिले तुरुन्तै अर्को चुनावमा सजिलो होला भनेर फेरि वाम एकता भन्न थालियो भने त्यो इतिहास फेरि दोहरिन सक्छ । आफ्नो टेक्ने धरातल बलियो नबनाएसम्म अरुको टेको मात्रै बन्नुपर्ने हुन्छ ।

नेपाली कांग्रेसले आफ्नो आन्तरिक समस्या समाधान गरेर अगाडि बढ्नुबाहेक अन्य विकल्प अहिले देखिँदैन । यिनै पुराना पार्टीहरूलाई खबरदारी गर्न नयाँ पार्टीले मत पाएको हो भन्ने सबैको स्वीकारोक्ति भएका कारण अब ५ वर्षमा उल्लेखित रूपमा नागरिकले आफ्नो जीवनमा देखिने परिवर्तन गर्न सक्ने खालका अल्प तथा दीर्घकालीन कामहरू गर्नुपर्नेछ । 

निर्वाचनमा भएका कमीकमजोरीबारे केही विषयहरू उठान गर्न आवश्यक देखिन्छ । गठबन्धन गरेपछि जहाँबाट जो उठे पनि जितिन्छ भन्ने गलत सोच देखियो । सिट बाँडफाँट गर्दा अलि बढी मेहनत गर्न आवश्यक थियो । काठमाडौं लगायत शहर बजारमा आफ्नो कम जनआधार भएको हुँदा आफ्नो अलि बढ  उपस्थिति भएको ठाउँमा धेरै उम्मेदवारी दिनुपर्ने थियो । भक्तपुर–१ लिनु कुनै पार्टीका लागि पनि १ सिट गुमाउनु नै थियो । काठमाडौंभित्र ३ वटा क्षेत्र लिनु आवश्यक थिएन । त्यतिले नपुगी ३ र १० नम्बर क्षेत्रमा छुट्टै उम्मेदवार उठेकाले मित्रवत प्रतिस्पर्धा भनियो । काठमाडौं–३ मा जम्मा ४६९ प्राप्त भयो भने १० मा कांग्रेसकै उम्मेदवारले जीत हात पारे । आफूले पाएको क्षेत्रमा पनि उचित उम्मेदवार उठाउन नसकेका कारण जुम्ला जस्तो ठाउँमा सर्मनाक हार व्यहोर्नुपर्‍यो । लमजुङको बदला कास्की–३ मा उम्मेदवारी दिन पाएको भए महासचिवले जित्ने सम्भावना थियो भन्ने छ । पार्टीमा निकै प्रभावकारी देखिने मन्त्री बनिसकेका डेपुटी कमान्डर चक्रपाणि खनाललाई कपिलवस्तु–१ मा एमालेका बलराम अधिकारीले १७ हजार ६९२ मतले हराउनु, कञ्चनपुर–१ मा पूर्व मन्त्री बिना मगरलाई एमालेकै तारालामा तामाङले ५ हजार ५४६ मतले हराउनु, वर्तमान मन्त्री महेश्वर गहतराजलाई एमालेकै सूर्य ढकालले ५ हजार ३९४ मतले हराउनु, महोतरी–१ मा पटक–पटक मन्त्री भएका गिरिराजमणि पोखरेललाई एमालेकै लक्ष्मी महतोले १ हजार ३० मतले हराउनु केवल बाह्य कारण मात्रै हुन सक्दैन । थोरै मेहनत गर्न सकिएको भए बर्दिया–२ मा सुरेश पन्थले स्वतन्त्र उम्मेदवार लालवीरसँग १३६ मत र ताप्लेजुङमा खेलप्रसादले योगेश भट्टराईसँग १९० मतले पराजित हुनुपर्ने थिएन ।

हुन त सबै पार्टीका केही उम्मेदवारहरूले थोरै मतले हार व्यहोर्नुपरेका छन् । पार्टीका एक मात्र विजयी महिला उम्मेदवार रेखा शर्माले एमालेका महासचिव शंकर पोखरेललाई १९६ मतले मात्र पराजित गरेका छन् ।  

यसपटक हँसियाहथौडा चुनाव चिह्न लिएर लड्नेहरूको संख्या जम्मा ४६ थियो । यसमा महिन्द्रराय र मानुषी माओवादी पार्टीका सदस्य थिएनन् । स्वतन्त्रबाट उम्मेदवारी दिएका रौतहट–३ का प्रभू साहलाई सहयोग गर्न त्यहाँ आफ्नो उम्मेदवारी निष्क्रिय बनाइएको थियो । पार्टीको निर्देशन मानेको भए काठमाडौं–३ र १० मा उम्मेदवारी हुने थिएनन् । यी ५ जना घटाउने हो भने माओवादीको उम्मेदवारी दिने संख्या जम्मा ४१ हुने थियो । यसमध्ये १८ जना विजयी हुनु भनेको झण्डै ४४ प्रतिशत हो । एमालेले उठाएका जम्मा १४१ जनामध्ये १ जना कमल थापालाई आफ्नो निर्वाचन चिह्नबाट चुनाव लड्न दिएको हुँदा २४ ठाउँमा अन्य दलहरूसँग सहकार्य गरेको थियो । १४० सिटमा ४४ जना जित्नु भनेको ३१.४३ प्रतिशत जित्नु हो । कांग्रेसको भने बढेर झण्डै ६२. ६४ प्रतिशत पुगेको छ । समानुपातिकमा गत निर्वाचनको तुलनामा यसपटक कांग्रेस र एमालेले धेरै मत गुमाउनुपरेको छ । यो हिसाब देखाएर माओवादीले त्यति हारेको होइन भन्ने प्रमाणित गर्न खोजिएको चाहिँ होइन तर यसपटक माओवादी मात्र होइन, अन्य दलले पनि उल्लेख्य नोक्सानी व्यहोर्नुपरेको यथार्थता बुझ्न आवश्यक छ मात्र भन्न खोजिएको हो । सबैले हारेको यो निर्वाचनको परिणामले देशले चाहि हार्न नपरोस् भन्ने कामना छ । अब पनि नेतृत्वले पुरानै बाटो अँगाल्ने र आफूमाथि लागेका आरोपहरू पुनः दोहोरिन दियो भने अर्कोपटक झन् नाजुक अवस्था व्यहोर्नुपर्नेछ ।

सबै पार्टीभित्रका भविष्य भएका युवाहरू यसपालि जसरी हार्नुपर्‍यो, त्यो संख्या अर्कोपटक झन् बढ्ने छ तर नेतृत्वलाई मात्र दोष दिएर समस्या हल हुने होइन । तलदेखि माथिसम्म सबैको दायित्वअनुसार कर्तव्य पालना नगर्ने ठूलो रोग लागेको छ । आफुभन्दा माथिको नेताको उछितो काढ्दा आफू पछाडिको नेता कार्यकर्ताले आफूलाई के भनेका होलान् भन्ने हेक्कासम्म नराख्ने हामी सबैले गम्भीर भएर स्वमूल्यांकन गर्नु अनिवार्य छ । 

(लामो समयदेखि बेलायतमा बसोबास गर्दै आएका लेखक माओवादी केन्द्र नजिकको जनप्रगतिशील मञ्च युरोपका नेता हुन् ।)

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x